सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज म्याराथनलाई नगरबासीले अपनत्वबोध गरेका छन् : महानायक हमाल

नेपालगन्ज म्याराथनलाई त्यहाँका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको नेपाली सिनेजगतका महानायक राजेश हमालले बताएका छन् ।
नेपालगन्ज म्याराथान शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हमाल गत वर्ष आफू नेपालगन्ज म्याराथनमा सहभागी हुँदा त्यसको माहोलबाट प्रभावित भएको बताएका छन् । उनले प्रतियोगीताले शहर र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु पर्ने पनि बताएका छन् ।

सोही अवसरमा एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई हस्तान्तरण गरेका थिए ।

नेपालगन्ज म्याराथन ऐम्सबाट रुट प्रमाणित र ऐम्सको सदस्यता प्राप्त एक मात्र नेपालको म्याराथन हो । त्यसैको जानकारी दिने उद्देश्यले आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

नेपालगन्ज उप महानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उप महानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताएका थिए । कोहलपुर नगरपालिकाका मेयर आचार्यले पनि म्याराथनको अपनत्वबोध भएकाले स्थानीय सरकारबाट गर्न सक्ने सहयोगका लागी आफूहरु त्यार रहेको बताए ।

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य रघुराज वन्तको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा धावक गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नेपालगन्ज म्याराथनमा सहभागी हुँदाको अनुभव सुनाउँदै नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट रहेको बताएका थिए ।

नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताएका थिए ।

सर्वप्रथम, तपाईहरुसँग खुशी बाँड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय सरोकारवालालाई दिन चाहन्छौं ।

नेपालबाट नेपालगन्ज म्याराथनले एम्स बाट सदस्यता प्राप्त गर्न सफल भइ एम्सको क्यालेन्डर र डाइरेक्टरीमा सुचिकृत भएको छ । यो तपाईं हामी सबैका लागि खुशीको कुरा हो ।

हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार २०:१६