सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल : पुलिस र आर्मी खेल्दै

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। आजको विजेताले उपाधिको लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबार भएको खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ०८:०२