सूचनाको शक्ति - The Power Of Information

        

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

आगामी मंसिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ ।

जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट नदिने गरेको महिला नेताहरूको गुनासो छ ।

दलहरूले भने संविधानमै सुरक्षित ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था समानुपातिक प्रणालीबाट पूर्ति गर्नेगरी प्रत्यक्षमा महिलालाई कम ठाउँमा प्रतिस्पर्धा गराएको बताएका छन् ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ०८:००