सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘डेसान’को टिजर सार्वजनिक

नेपाली चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वाजनिक गरिएको हो । नवलपरासीमा छायांकन भएको चलचित्रमा अभिनेत्री नम्रता सापकोटासँगै भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र कोरोना महामारीको समयमा सुटिङ गरिएको थियो । चलचित्रमा गाउँ समाजमा भएका घटनाहरूलाई समावेश गरिएको छ । सामाजिक कथावस्तु बोकेको चलचित्र आगामी मंसिर २३ गते देखि प्रदर्शन हुनेछ ।

चलचित्रमा अभिनेत्री सापकोटा विवाहित महिलाको भुमिकामा छिन् । उनलाई स्वार्थी स्वभाव भएकी महिलाको भुमिकामा देख्न सकिन्छ ।

यस चलचित्रलाई कमल मगरले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार २०:५२