सूचनाको शक्ति - The Power Of Information

        

लागु औषध चरेस सहित बझाङमा एक महिला पक्राउ

लागु औषध चरेस सहित बझाङमा एक महिला पक्राउ परेकी छन ।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका−७ सुवेडा घर भई हाल जयपृथ्वी नगरपालिका− ९ सिमखेत बसपार्कमा होटल संचालन गरी बसेकी ५४ बर्षिया जगु गिरी रहेकी छन ।

होटेलबाट लागुऔषध चरेस विक्रि भइरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीलले बुधबार साँझ गिरीले होटेलमा लुकाई छिपाई राखेको अवस्थामा ४ सय ६० ग्राम लागु औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेश दत्त अवस्थीले बताए ।

साथै पक्राउ परेकी गिरीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय बझाङको हिरासतमा राखिएको समेत सुचना अधिकारी अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार २०:५०