सूचनाको शक्ति - The Power Of Information

        

टी–ट्वान्टी विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज बिहीबार भारत र इंग्ल्याण्ड भिड्दैछन् ।

खेल अष्ट्रेलियाको उडलेडमा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने दुई बजे सुरु हुँदैछ ।

सुपर १२ चरणको समुह ‘बि’ मा विजेता बन्दै भारत सेमिफाइनलमा पुगेको हो भने इंग्ल्याण्ड भने समुह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा उक्लिएको थियो ।

शुक्रबारको खेल जित्ने टोलीले विश्वकप टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि फाइनलमा पाकिस्तानको सामना गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

फाइनल खेल आगामी आइतबार मेलबर्नमा हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०८:२३