सूचनाको शक्ति - The Power Of Information

        

२०७९ कार्तिक २४ गतेको राशिफल – सिंह र धनुलाई उत्साह

२०७९ कार्तिक २४ गते, बिहीवार, १० नोभेम्बर २०२२ । मार्ग कृष्णपक्ष द्वितीया तिथि, १७ः२१ बजेदेखि तृतीया । रोहिणी नक्षत्र । चन्द्रराशि– वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । हिसाबकिताबमा होसियार रहनुहोला । व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । कामका लागि निकै दौडधुप गर्नुपर्ला । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्ने समय छ । काममा व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ योजना समेत शुभारम्भ गर्ने समय छ । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । प्रगतिमाथि ईर्ष्या गर्नेहरूले पनि दुःख दिनेछन् । व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूले साथ दिनाले चिताएका काम सजिलै सम्पादन हुनेछन् । परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०७:३२