सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरका किसानलाई निशुल्क घाँसको बिउ बितरण

बाँकेको नरैनापुर गाउपालिकाले पशुपालक कृषकलाई व्यवसायिक रुपले पशुपालनका क्षेत्रमा आकर्षित बनाउने उदेश्यले निशुल्क घाँसको बिउ बितरण गरेको छ ।

नरैनापुर गाउपालिका पशु शाखाले नरैनापुर गाउपालिकाका ६ वटै वडामा व्यवसायिक रुपमा पशु पालन गर्ने फार्म, तथा अगुवा किसानलाई निशुल्क घाँसको बिउ बितरण गरिएको शाखा प्रमुख जगतराम यादवले जानकारी दिए ।

उनले गाउपालिकाले पशु उत्पादन बढाउन र कृषकलाई पशुपालनको क्षेत्रमा व्यवसायिक बनाउनको लागि घाँसको विउ बितरण गर्ने नीति ल्याएको बताए ।

नरैनापुर गाउपालिकालाई दुध, तथा मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउनको लागि जाई, चरी र वर्सिम घाँसको बिउ बितरण गरिएको पशु शाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १७:४७