अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गरेर व्यवसाय गर्नेहरूमा ७७ प्रतिशतले कमी आएको छ ।
प्रमुख राजनीतिक दल र तिनका नेताहरूले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने र लगानीको वातावरण बनाउने भन्दै २/२ पटक अन्तराष्ट्रिय लगानी सम्मलेनसमेत आयोजना गरे ।
सरकारले लगानीको वातावरण बनाउन भन्दै नयाँ केही ऐन बनाएको पनि छ । तर, परिणम भने देखिएको छैन । राजनीतिक दल र तिनका नेताले जे भने पनि मुलुकभित्रै नयाँ उद्योग व्यवसाय खोल्ने र लगानी बढाउने गरी वातावरण बन्न नसकेको देखिएको छ ।
कम्पनी राजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार नेपालमा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गर्ने व्यवसायीहरूको संख्या बढ्नुपर्नेमा उल्टै ठूलो प्रतिशतले गिरावट आएको छ ।
यसले मुलुकको उद्योग व्यवसाय खोल्ने वातावरण नभएको देखाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ