सूचनाको शक्ति - The Power Of Information

        

बुधबार कृष्ण अवतारको पूजा गर्दा पाइन्छ चाहेको फल

हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बार अनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्,

  • हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी–देवताको कृपा हुने गर्छ ।
  • बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
  • बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ ।
  • जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ०६:४६