सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

सुदूरपश्चिममा शक्तिशाली भूकम्प, डोटीमा तीन जनाको मृत्यु

शक्तिशाली भूकम्पमा परेर डोटीमा तीन जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । डोटीमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्पमा परेर डोटीमा तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा भूकम्प गएको हो । डोटीको खप्तड राष्ट्रिय निकुन्जस्थित खप्तड बाबा आश्रम आसपास केन्द्रबिन्दु बनाएर गएको पछिल्लो भूकम्प परेर मानवीय क्षतिसमेत भएको हो ।

भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

मंगलबार बेलुकादेखि डोटीमा तीन पटक भूकम्पको धक्का महसुस भएको थियो । त्यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटीलाई केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का सुदरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्जस्थित खप्तड बाबा आश्रम आसपास आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए ।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण छैन । भूकम्पको धक्का सुदरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका विभिन्न जिल्लामा महसुश भएको छ । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ०६:१५