सूचनाको शक्ति - The Power Of Information

        

‘महापुरुष’को पर्खालमा हरिवंश र गौरीको सामिप्यता (भिडियोसहित)

पछिल्लो समय फिल्म प्रदर्शनपछि गीत सार्वजनिक गर्ने चलन चलेको छैन । यो ट्रेन फिल्म ‘महापुरुष’ले पनि पछ्याएको छ । फिल्मले प्रदर्शनको दोस्रो सातामा ‘पर्खाल’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा हरिवंश आचार्य र गौरी मल्लको अभिनय छ । हरिवंश र गौरीको सामिप्यतालाई गीतले देखाउन खोजेको छ । गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि देखिएका छन् ।

शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द गीतमा छ । प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म नेपालसहित अमेरिका र अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य भूमिका फिल्ममा छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १७:५६