सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा चुनावका बेला मदिरा बिक्री वितरण र सेवनमा रोक

बझाङमा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

मंसिर ४ गते हुन प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक २५ गतेदेखि मतगणनाको नतिजा सार्वजनिक नभए सम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा रोक लगाइएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

सोमबार सार्वजनिक गरिएको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘बझाङ जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक २१ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयअनुसार २०७९ कात्तिक २५ गते देखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री बितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री बितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ ।’

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १७:२८