सूचनाको शक्ति - The Power Of Information

        

थप १४ जनामा कोरोना संक्रमण पुष्टि, १५ संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १ हजार १ सय ५० जनाको नमूना परीक्षण गरिएकोमा १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

५ सय १९ जनाको पीसीआर र ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज (मंगलबार) १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १७:१९