सूचनाको शक्ति - The Power Of Information

        

चुनावी सभामा जाने क्रममा विरोध खतिवडामाथि हातपात

 नेकपा (एकीकृत समाजवादी)का नेता तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा उहाँमाथि हातपात भएकाे हाे । हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले खतिवडामाथि हातपात गरेका हुन् ।

सभास्थलमा जाने क्रममा खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै खड्काले हातपात गरेकाे एक प्रत्यक्षदर्शीले बताए ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याउन लागेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको छ।’ उहाँले पुरानो रिसइबी समेत रहेको बताउनुभयाे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १७:०४