सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली राजमार्गमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

कर्णाली राजमार्गमा जिप दुर्घटना भएकाे छ । राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा-५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने सात जना जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएकाे छ ।

कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले दुर्घटनामा परी मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको बताउनुभयाे ।

उहाँका अनुसार मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार बिहान पौने १२ बजे कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटना भएकाे हाे ।

घाइतेहरुको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनालाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी प्रमुख रिमालले बताउनुभयाे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १७:००