सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोग

जसपाका नेता मोहम्मद इस्तियाक राईलाई २४ घण्टे स्पष्टीकरण

अपमानजनक अभिव्यक्ति दिएकोमा उजुरी

जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नम्बर– २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

चुनावको प्रचारप्रसारका क्रममा उम्मेदवार एवम् पूर्व मन्त्री राईले डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहितामा व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०६:४५