प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेका छन् ।
प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेशसभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएका छन् ।
देउवाले प्रतिनिधिसभा र प्रदेशसभाका २७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख बाटो खर्च बाँडेका हुन् ।
अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गर्न सक्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सत्यपाटी संवाददाता । काठमाडौं