सूचनाको शक्ति - The Power Of Information

        

स्टेजबाटै लखेटिएकी थिइन् गायिका समीक्षा अधिकारी

चर्चित गायिका समीक्षा अधिकारी सहभागी भएको एक कार्यक्रममा तनाव भएको छ । दर्शकदीर्घाबाट अधिकारीले प्रस्तुती दिने समयमा होहल्ला सहित ढुगां प्रहार भएपछि उनी भाग्न सफल भएकी हुन् ।

आयोजकका अनुसार उनलाई दर्शक दिर्घाबाट ढ्गांमुढा प्रहार भएको थियो । यो कार्यक्रम गए रातिको हो । संखुवासभाको खाँदबारीमा भएको सांगीतिक कार्यक्रमका लागि अधिकारी स्टेजमा गएलगत्तै दर्शकदीर्घाबाट होहल्ला सुरु भएको थियो ।

कार्यक्रममा प्रहरी पहिले नै तैनाथ भएकाले अप्रिय घटना भने भएन । त्यहाँ एकादशीको अवसरमा कार्यक्रम गरिएको थियो । समीक्षा स्टेजमा आउनासाथ दर्शकदीर्घाबाट होहल्ला भएको थियो । तर कार्यक्रम स्थलमा प्रहरी तैनाथ भएका कारण तत्काल विवाद साम्य पारिएको र नराम्रो घटना हुन नपाएको प्रहरीले जनाएको छ ।

किन लखेटे दर्शकले ?

दर्शकले स्टेजबाटै लखेट्नुको कारण खुल्न सकेको छैन । प्रहरी सबै तैनाथ भएका कारण ज्यानमाथीको खतरा टरेको हो । प्रहरीले दिएको जानकारी अनुसार समीक्षालाई लक्षित गर्दै ढुगांमुढा प्रहार गरिएका थियो ।

प्रहरीले सो घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । पल शाहका समर्थकहरुले सो घटना घटाउने प्रयास गरिएको प्रहरीको अनुमान छ । कतिपयले गायिका अधिकारीलाई स्टेजमा उक्लना साथ ढुंगा हानिएको भने पनि प्रहरीले भने त्यस्तो नभएको दाबी गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १६:३०