निर्वाचन आयोगले सातै प्रदेशका मतदाताको सङ्ख्या सार्वजनिक गरेको छ । सोमबार आयोगले उमेर समूह अनुसार प्रदेशगत मतदाताको सङ्ख्या सार्वजनिक गरेको हो ।
मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको विवरण अन्तर्गत बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम रहेका छन् ।
उमेर समूह अनुसार मतदाता विवरण (प्रदेशगत)
प्रदेश १
यस प्रदेशमा ३३ लाख ९६ हजार ८६५ जना मतदाता रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं. १ मा ३३ लाख ९६ हजार ८६५ मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ । जसमा १७ लाख २९ हजार ७७२ पुरुष, १६ लाख ६७ हजार ७१ जना महिला र २२ जना अन्य छन् ।

मधेश प्रदेश
मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाताले मतदान रहेका छन् । जसमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य छन् ।

बागमती प्रदेश
यस प्रदेशमा ३४ लाख ७१ हजार ४९२ मतदाता छन् । जसमा मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने व्यवस्थाअनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२ मतदाता रहेका छन् । जसमा १७ लाख ३८ हजार ८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ जना अन्य छन् ।

गण्डकी प्रदेश
यस प्रदेशमा १८ लाख १७ हजार ५४१ मतदाता रहेको आयोगले जनाएको छ । जसमा आठ लाख ८२ हजार ३२९ पुरुष, नौ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य मतदाता रहेका छन् ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन् भने १६ लाख ३७ हजार १३२ पुरुष, १६ लाख १२ हजार ४७१ महिला र ४३ जना अन्य मतदाता रहेका छन् ।

कर्णाली प्रदेश
यस प्रदेशमा १० लाख आठ हजार ४०३ मतदाता रहेका छन् । जसमा पाँच लाख १० हजार ४२० पुरुष, चार लाख ९७ हजार ९८० महिला र तीन अन्य रहेका छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार जना मतदाता रहेको आयोगले जनाएको छ । जसमा आठ लाख १५ हजार २१२ पुरुष, आठ लाख ४२ हजार ७७४ महिला र १८ जना अन्य मतदाता छन् ।

इन्फोग्राफ : निर्वाचन आयोग नेपाल
सत्यपाटी संवाददाता । काठमाडौं