सगरमाथाको खुम्बु क्षेत्रमा हिउँ चितुवा देखिएको तस्बिर अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सार्वजनिक गरेकी छिन् ।
५ हजार १६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि पछ्याउँदै गएर ५ हजार ४८६ मिटर उचाइमा अक्टोबर ८ तारिकमा उक्त तस्बिर खिचिएको उनले आफ्नो वेभसाइट लेखेकी छन् ।
वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उनले पाइलाका आधारमा पछ्याउँदै जाँदा फोटो खिच्न सकिएको बताएकी छन् । बिहान र साँझमा हिउँ चितुवा निकै आकर्षक देखिने उनले बताएकी छन् ।


तस्वीर : कितिया पावलोभ्स्की
सत्यपाटी संवाददाता । काठमाडौं