नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ । शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीताको स्वास्थ्यमा समस्यापछि नन् इन्भेसिभ भेन्टिलेटर (एनआइभी) मा राखिएको छ ।
‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, ‘नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’ एकसाता अघिमात्र १६ दिनको अस्पताल बसाईपछि घर लगिए पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएकोले पुनः अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको स्वास्थ्यमा छिनछिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ । उनी लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)बाट पीडित छिन् ।
सत्यपाटी संवाददाता । ललितपुर