सूचनाको शक्ति - The Power Of Information

        

मृत अवस्थामा भेटिए श्रीमान्–श्रीमती

रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ को पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको छ ।

घटना हेर्दा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलको टोली आएकाले थप प्रक्रिया अगाडि बढेको उनले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १०:१०