नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीतालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ ।
यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौँ