खजुरा गाउँपालिकाको वडा नम्बर–२ मा आइतबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर–२ लोकतान्त्रिक बाम गठबन्धनले संयुक्त रुपमा १ सय ८० जेष्ठ नागरिकलाई सम्मान गरेको हो । खजुरा गाउँपालिका अन्तर्गत २ नम्बर वडाको ‘के’ गाउँ र गौघाट बाबास्थान चोकमा सम्मान गरिएको थियो ।
जेष्ठ नागरिकहरुलाई बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौर र बाँके क्षेत्र नम्बर ३ (ख)बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले सम्मान गरेका थिए ।
खजुरामा जेष्ठ नागरिकलाई सम्मान गर्दै नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोर सिंह राठौरले खजुराको विकासका लागि आफुले इमानदार भएर काम गर्ने बताए ।
सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले खजुराका जनतालाई सधै एमालेले झुटो कुरा गरेर आफनो स्वार्थ पुर्ति गर्ने माध्यम बनाएको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य आसा विकले एमालेले पाँच वर्ष खजुरा गाउँपालिकाको नेतृत्व गर्दा विकास निर्माणका योजनालाई अलपत्र पारेर आफना नजिकका कार्यकर्तालाई पोस्ने काम मात्र गरेको आरोप लगाईन ।
जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य भ्रदप्रसाद देवकोटा, माओवादी केन्द्र खजुरा गाउँपालिकाका सचिव धनीराम ओली, नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नम्बर २ सभापति अमर रावत, माओवादी केन्द्र खजुरा गाउँपालिका वडा नम्बर २ संयोजक कुलदीप गिरी, एकीकृत समाजवादीका वडा संयोजक खड्क मल्ल, जेष्ठ नागरिक रविलाल कँडेलले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन अपिल गरेका थिए ।
सत्यपाटी संवाददाता । बाँके