सूचनाको शक्ति - The Power Of Information

        

शाहरुखको फिल्म ‘जवान’ विरुद्ध कथा चोरीको आरोप

भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ विरुद्ध कथा चोरीको आरोप लागेको छ ।

कथा चोरीको आरोप पछि उक्त फिल्मका निर्देशन एटली कुमार विवादमा फसेका छन् । निर्देशक एटलीमाथि अर्को फिल्मको कथाबाट जवानको कथा चोरेको आरोप छ ।

मणिकम नारायणन नामका फिल्म निर्माताले एटलीविरुद्ध तमिल फिल्म प्रोड्युसर काउन्सिलमा उजुरी दिएका छन् । उनले ‘जवान’को कथा तमिल फिल्म ‘पेरारसु’सँग मिल्दोजुल्दो रहेको दावी गरेका छन् ।

निर्देशक एटलीविरुद्ध कथा चोरी गरेको आरोप लागेको यो पहिलो पटक भने होइन । भारतीय सञ्चार माध्यमका अनुसार शाहरुख ‘जवान’ मा दोहोरो भूमिकामा देखिनेछन् ।

फिल्मको वास्तविक कथा के हो भन्ने खुल्न नसकेको भए पनि सन् २००६ मा रिलिज भएको फिल्म ‘पेरारसु’ को कथा चोरी गरेको आरोप मणिकमले लगाएका हुन् ।

अब एटलीमाथि लागेको आरोप साँचो हो कि होइन, ७ नोभेम्बरपछि तमिल फिल्म प्रोड्युसर काउन्सिलका सदस्यहरूले छानबिन गरेपछि थाहा हुनेछ ।

गौरी खान निर्माता रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा, प्रियमणी, सान्या मल्होत्रा, सुनिल ग्रोवर र योगी बाबु जस्ता कलाकारको अभिनय रहेको छ । फिल्म जुन २, २०२३ मा प्रर्दशन हुनेछ।

फिल्म हिन्दीका साथै तेलुगु, मलयालम, तमिल र कन्नड भाषामा रिलिज हुने छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतवार १७:२४