सूचनाको शक्ति - The Power Of Information

        

क्यानडा जान चाहनेका लागि आयो खुशीको खबर !

के तपाईं क्यानडा जस्तो सुविधा सम्पन्न देशमा गएर जीवन बिताउन चाहनुहुन्छ ? त्यसो भए तपाईंका लागि खुशीको खबर आएको छ ।

क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजना घोषणा गरेका छन् ।

उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउने छ । त्यस्तै सन् २०२४ मा चार लाख ८५ हजार र २०२५ सम्ममा पाँच लाख आप्रवासीसम्मलाई त्यस्तो अनुमति दिनेछ ।

यो भनेको क्यानडा सरकारको प्रारम्भिक लक्ष्यभन्दा करिब १३ प्रतिशतको वृद्धि हो । त्यसरी क्यानडाले आप्रवासीहरूलाई स्वागत गर्ने नीति लिनुको कारण क्यानडामा देखिएको कामदारको कमीलाई पूर्ति गर्नु हो ।

अहिले पनि क्यानडामा हजारौँ जागिर खुले पनि दक्ष जनशक्तिको अभावमा त्यसको पूर्ति हुन सकेको छैन । क्यानडाले विदेशीहरुलाई स्वागत गरिरहँदा अमेरिका र बेलायतले भने आप्रवासी नीति कडा पारेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतवार ०६:०४