सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

देशभर खटिए एक लाख १५ हजार म्यादी, कुन जिल्लामा कति ?

मनाङ र मुस्ताङ जिल्लामा सबैभन्दा कम म्यादी प्रहरी परिचालन गरिएको छ ।

म्यादी प्रहरी । फाइल तस्वीर ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर एक लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले बताए ।

म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षा सम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप चार दिन परिचालन गरिने डीआइजी राईले बताए ।

उनले भने, ‘मंसिर ८ सम्म म्यादीलाई निर्वाचन सुरक्षामा खटाउँछौँ ।’ मनाङ र मुस्ताङ जिल्लामा सबैभन्दा कम म्यादी प्रहरी परिचालन गरिएको छ । मनाङमा २२८ जना र मुस्ताङमा २८५ जना म्यादी भर्ना गरिएको छ ।

काठमाडौंमा तीन हजार २७९ जना म्यादी परिचालन गरिएको छ । काभ्रेमा एक हजार ८८७ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र र मतदान स्थलको संवेदनशीलताका आधारमा जिल्लागत रुपमा म्यादीको संख्या निर्धारण गरिएको छ ।

कुन जिल्लामा कति ?

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ०९:३७