सूचनाको शक्ति - The Power Of Information

        

भिजेको ओखर खानुका फाइदै फाइदा, गर्भवती महिलालाई झन् फाइदा 

भिजाएको ओखर हरेक बिहान खाली पेटमा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ओखर धेरै पौष्टिक गुणहरूले भरिपूर्ण हुन्छ । ओखर सुक्खा फल हो । ओखरलाई ऊर्जाको पावरहाउस भनिन्छ ।

ओखरमा भिटामिन ई, प्रोटिन, फाइबर, ओमेगा ३ फ्याटी एसिड, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फोरस र फोलिक एसिड प्रचुर मात्रामा पाइन्छ । काँचो ओखरको तुलनामा भिजेको अखरोट बढी फाइदाजनक हुन्छ । यसबाहेक हरेक बिहान खाली पेटमा भिजाएको ओखर खाँदा धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।

गर्भवती महिलाको लागि लाभदायक

भिजेको ओखरको सेवन गर्भवती महिलाका लागि निकै फाइदाजनक मानिन्छ । किनभने ओखरमा ओमेगा–३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । ओमेगा–३ फ्याटी एसिडले गर्भमा रहेको बच्चाको मष्तिष्क विकासमा मद्दत गर्छ । चिकित्सकको सल्लाहमा ओखरको सेवन गर्दा आमा र गर्भमा रहेको बच्चा दुवैका लागि फाइदाजनक हुन्छ ।

मुटुलाई स्वस्थ राख्छ

भिजाएको ओखरको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । ओखरमा पाइने ओमेगा ३ फ्याटी एसिड मुटुका लागि फाइदाजनक हुन्छ । यसले शरीरबाट खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बनाउन मद्दत गर्छ ।

पाचन सुधार गर्न लाभदायक

भिजाएको ओखरको सेवन पाचन क्रियालाई पनि स्वस्थ राख्छ । ओखरमा प्रशस्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई ठीक राख्न मद्दत गर्छ । साथै यसको दैनिक सेवन गर्नाले कब्जियतको समस्या पनि हट्छ र पेट पनि ठीक हुन्छ ।

 

स्रोत : पत्रिका डटकम
प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ०९:२५