सूचनाको शक्ति - The Power Of Information

        

छालालाई चाउरी पर्न नदिने के गर्ने ? यस्ता छन् घरेलु उपाय

बढ्दो उमेरसँगै शरीरका साथै छालामा पनि धेरै किसिमका समस्या आउन थाल्छ । छालामा ढिलापन आउने, चाउरी पर्ने, टाइटनेस कम हुनेजस्ता समस्या देखा पर्छन् । यस्तो अवस्थामा ३० वर्षको उमेर पुगेपछि छालामा विशेष ध्यान दिनुपर्छ ।

त्यसैले आज हामी तपाईंलाई केही सजिलो घरेलु उपायको बारेमा बताउनेछौँ जसले छालालाई टाइट राख्न मद्दत गर्छ । साथै यी घरेलु उपायहरू अपनाएमा छालासँग सम्बन्धित धेरै समस्याहरू पनि हट्नेछन् ।

बदामको तेल

बदाम स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन छालासँग सम्बन्धित धेरै समस्याहरू हटाउन पनि प्रभावकारी हुन्छ । यदि तपाईं छालालाई टाइट राख्न चाहनुहुन्छ भने तपाईंले दैनिक बदामको तेल प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि सुत्नुअघि यसको तेल प्रयोग गर्नुपर्छ । यसमा पाइने इमोलिएन्टले छालाको मृत कोशिकाहरूलाई पुनः उत्पादन गर्छ । यसले अनुहारमा चमक ल्याउँछ र यसले छालाको टोनलाई पनि सुधार गर्छ ।

नरिवलको तेल

नरिवलको तेल पनि धेरै पौष्टिक गुणहरूले भरिपूर्ण छ । तपाईंले सुत्नु अघि वा नुहाउनु अघि नरिवलको तेलले अनुहारलाई राम्रोसँग मसाज गर्न सक्नुहुन्छ । यसमा धेरै कोलेजन हुन्छ जसले छालालाई टाइट बनाउँछ ।

टमाटर प्रयोग गर्नुहोस्

टमाटरको प्रयोग खानाको स्वाद बढाउनका लागि गरिन्छ । तर यसले छालालाई टाइट राख्न र ग्लो कायम राख्न पनि मद्दत गर्छ । यसको जुस दिनहुँ छालामा लगाउनु पर्छ । यसका साथसाथै यसले छालाको कालोपन पनि हटाउँछ । यसको प्रयोगले चाउरी परेको दाग पनि हटाउँछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ०९:२०