सूचनाको शक्ति - The Power Of Information

        

अस्मिता र महेशको ” ओत लाग्ने छाता” रिलिज (भिडियो)

गायिका अस्मिता अधिकारीको आवाज र गायक महेश काफ्लेको रचना र संगीतमा नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

गायिका अधिकारीकै अफिसियल युट्युब च्यानलबाट “ओत लाग्ने छाता” को  भिडियोलाई रिलिज गरीएको हो ।

निर्देशक सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छाँयाङकन गरेका हुन्  ।

भिडियोमा अस्मिता र महेश स्वयमको अभिनय देख्न सकिन्छ । भिडियोमा सम्पादन र रंग संयोजन सुप्रीम पराजुलिको रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार ०८:१६