सूचनाको शक्ति - The Power Of Information

        

दक्षिण कोरियामा फेरी कोरोना संक्रमण बढ्यो

 दक्षिण कोरियामा कोरोना संक्रमण पुनः फैलिएको छ ।

गत २४ घण्टामा दक्षिण कोरियामा ४६ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । योसँगै कुल संक्रमितको संख्या २ करोड ५७ लाख १७ हजार २ सय ७७ जना पुगेको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि बुधबार एकैदिन ५४ हजार ७ सय ६६ जना मानिसमा काेराेना संक्रमण पुष्टि भएको थियो । काेराेना संक्रमित मध्ये गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै गएकाे छ । दुई दिनमा ४१ जनाको मृत्यु भएको छ ।

यसैबीच दक्षिण कोरियाली सरकारले सर्वसाधारणको लापरबाहीका कारण काेराेना संक्रमण दर बढेको भन्दै कोरोना महामारी नियन्त्रणका लागि थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

सर्वसाधारणकाे भीडभाड र सामाजिक दूरी कायम नगरेका कारण नै कोरोना संक्रमण दर बढेको भन्दै सरकारले सचेत रहन समेत अपील गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १७:५७