पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।
गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३-४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।
गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ