सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ।

अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् ।

उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ।

यसअघि थुनछेक बहसको पहिलो दिन बुधबार जाहेरवालाको तर्फबाट ७ जना र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए ।

सन्दीपका कानून व्यवसायीले बहस सकेपछि सरकारी वकिलले फेरि छोटो बहस गर्नेछन् र त्यसपछि न्यायाधीश घिमिरेले थुनछेकको आदेश गर्नेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १७:४६