सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र भुटान भिड्दै

बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भुटानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

नेपाल भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ भने भुटान पनि पहिलो जितको खोजीमा रहेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०९:३२