बैतडीको दशरथचन्द नगरपालिकाले आज बिहीवार सार्वजनिक बिदा दिएको छ ।
दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताउनुभयो ।
बिहीवार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कात्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । त्यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।
तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । त्यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।
सत्यपाटी संवाददाता । बैतडी