सूचनाको शक्ति - The Power Of Information

        

टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् ।

सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ।

हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्लादेशलाई पाँच रनले हरायो । यो खेलमा नटआउट ६४ रन बनाएका विराट कोहलीले आईसीसी टी–२० विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

कोहलीले विश्व कपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन् । जितसँगै भारत चार खेलमा छ अङ्कसहित समूह ‘२’ को शीर्ष स्थानमा उक्लिएको छ । बङ्लादेश चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

जिम्बाब्वे तीन अङ्कसहित चौथौ र नेदरल्यान्ड दुई अङ्कसहित छैटाैँ स्थानमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०८:१९