सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पहाडी भागमा वर्षाको सम्भावना

बिहीबार देशका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ।

जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ।

राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०८:१४