सूचनाको शक्ति - The Power Of Information

        

मत बदर रोक्न बझाङमा नमूना मतदान

फाइल तस्वीर

यही मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर बझाङमा बुधबार नमूना मतदान गराएको छ ।

मतदानको क्रममा मत बदर हुनबाट रोक्न नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्र तोकिएको सुर्मा गाउँपालिका–१ मा रहेको सुर्मा माध्यामिक विद्यालयमा नमूना मतदानको व्यवस्था मिलाइएको थियो ।

कार्यक्रममा इच्छुक स्थानीयहरुलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएका थिए भने नमूना मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।

स्थानीयहरुले सही तरिकाले मतदाताले आफ्नो मतको सदुपयोग गर्न जानुन भनेर नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी गौतमको भनाई छ ।

मतदानमा ८० जना मत खसेकोमा १५ मत बदर भएको थियो । अधिकारी गौतमले निर्वाचन सम्पन्न पश्चात् सहभागी मतदातालाई खसेका मतका नमुनासहित मतदान गर्ने तरिका र मतपत्र खसाल्ने तरिका सिकाएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०७:४७