सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी

 युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ ।

पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १ हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो ।

युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार छोडेर भागेको दाबी गर्नुभएको हो । युक्रेनका तर्फबाट रुसी सेना भागेको दृश्य सहितको भिडियो पनि सार्वजनिक गरिएको छ ।

रुसले भने गत एक साताको अवधिका २५ सय युक्रेनी सेना मारिएको दाबी गरेको छ ।

रुस र युक्रेनबीचका युद्ध सुरू भएयता ७० हजार बढी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरिरहँदा रुसको रक्षा मन्त्रालयले १७ देखि २३ अक्टोबरको बीचमा २५ सय युक्रेनी सेना मारिएको र हालसम्म ३० हजार युक्रेनी सेना मारिएको बताएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ०८:२६