सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप : आज कर्णाली र गण्डकी तथा बागमती र लुम्बिनी प्रदेश भिड्ने

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बुधबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। बिहान ९:३० बजेदेखि सुरु हुने खेलमा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ। गण्डकीले यसअघि पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो।

त्यस्तै, मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। बागमतीले यसअघि नेपाल पुलिस क्लब र प्रदेश १ सँग हार बेहोरिसकेको छ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश, प्रदेश १ रहेका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ०७:३५