सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चद्वारा तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएकाे छ ।

सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हाे ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हाे ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको छ ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १७:५७