सूचनाको शक्ति - The Power Of Information

        

असक्त मतदाताले सहयोगी लैजान पाउने

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन आउन १९ दिन मात्र बाँकी छ । गाउँ, टोल र सहरका गल्ली–गल्लीमा निर्वाचनको माहोल तातिसकेको छ । यतिखेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेको देख्न सकिन्छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सबै जना मतदान केन्द्रमा पुग्छन् । प्रत्येक मतदान केन्द्रमा बिहान ७ देखि ५ बजेसम्म मतदान हुनेछ । घर–परिवारमा कोही दृष्टिविहिन तथा शारीरिकरुपमा असक्त सदस्य छन् भने उनीहरूलाई मतदान स्थलसम्म पुग्न पक्कै पनि सहज छैन ।

शारीरिकरुपमा अशक्त हुँदैमा मतदान गर्न पाउने अधिकारबाट वञ्चित भने हुँदैनन् । परिवारका सदस्य वा मतदान अधिकृतले सहयोग गर्ने छन् । मतदान केन्द्रका मतदान अधिकृतको अनुमतिले परिवारका सदस्यले दृष्टिविहिन तथा शारीरिकरुपमा असक्त मतदातालाई मतदान केन्द्रसम्म पुर्याउन पाउने छन् ।

निर्वाचन आयोगका अनुसार मतदान अधिकृतलाई उपयुक्त लागेमा अनुमति प्रदान गर्नेछ । अथवा मतदान अधिकृतले सहयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था हुन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १४:५२