भारतीय मूलका ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । उनी कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएका छन् । योसँगै उनी एसियाली मूलका बेलायतको पहिलो प्रधानमन्त्री बन्ने छन् । सर ग्राहम ब्राडीले सोमबार यसको औपचारिक घोषणा गरे ।
यो घोषणा पछि, समाचार एजेन्सी एएनआईले उनका ससुरा र इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिसँग कुरा गरेको छ । एएनआईसँग कुरा गर्दै नारायण मूर्तिले भने, ‘बधाई छ ऋषि । हामीलाई उनीमाथि गर्व छ र हामी उनको यो सफलतामाथि बधाई दिन्छौँ । हामीलाई पूरा विश्वास छ कि उनी बेलायती जनताका लागि सबैभन्दा उत्कृष्ट हुनेछन् ।’
ऋषिकी पत्नी अक्षता बेलायतकी धनी महिला मध्येकी एक हुन् । ऋषिले सन् २००९ मा बेंगलोरमा इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए । यी दुईका दुई सन्तान छन् । उनकी श्रीमती अक्षता मूर्ति बेलायतकी धनी महिलाको सूचीमा समावेश छन् । उनकी श्रीमती ७३० मिलियन पाउन्डभन्दा बढीकी मालिक भएको बताइन्छ । को धेरै घोषित सम्पत्तिको मालिक भनिन्छ ।
– एजेन्सीहरुको सहयोगमा
सत्यपाटी संवाददाता । काठमाडौं