सूचनाको शक्ति - The Power Of Information

        

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो

दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेका प्रहरीले जनाएको छ ।

दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते मिश्र र यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार ०७:३८