रघरमा आज (सोमबार) कुकुर तिहार मनाइएको छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइएको छ ।
यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ । नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ ।
केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको छ । नेपाल प्रहरीको केनाइन महाशाखाका अनुसार हाल ९३ वटा तालिम प्राप्त कुकुर रहेका छन् ।














सत्यपाटी संवाददाता । काठमाडौं