सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम : पश्चिमी वायुको सामान्य प्रभाव

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ।

हाल प्रदेश १ र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ।

सोमबार दिउँसो प्रदेश १ र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १ र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ०८:२४