सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधन

नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ हुनुभएकी श्रेष्ठको चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । वि.स. १९८७ सालको दशैंको फूलपातीका दिन तनहुँको बन्दिपुरमा श्रेष्ठ आजीवन अविवाहित बस्नुभयो ।

कांग्रेसको राजनीतिसँगै निरन्तर समाजसेवामा लाग्नुभएकी श्रेष्ठले विद्यालय, क्याम्पस र मठ मन्दिर लगायत निर्माणका लागि अथाह दान गर्नुभएको छ । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय भवन निर्माणका लागि पनि उहाँले नै जग्गा दान गर्नुभएको थियो ।

उहाँले जीवनकालमा १ अर्ब रुपैयाँ भन्दा बढीको दान गर्नुभएको अनुमान गरिएकाे छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार ०८:१९