नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतमा कार्यालयलाई पत्राचार गरेको छ ।
नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानबिन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो । प्राधिकरणले बुधबार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानबिन समिति गठन गरेको थियो ।
समितिले शुक्रबार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिनेसहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो ।
सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।