सूचनाको शक्ति - The Power Of Information

        

धनतेरसमा के किन्दा राम्रो ?

कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । कात्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धनवन्तरी एउटा कलश लिएर प्रकट भएका थिए । त्यसैले हरेक वर्ष धनतेरस पर्व मनाउने गरिन्छ ।

भगवान् धनवन्तरी एउटा कलश लिएर उत्पन्न भएकाले यस दिन हरेक वर्ष भाँडा किन्ने परम्परा रहेको छ । शुभ मुहूर्तमा आजको दिन खरिद गरिएका सामानहरुलाई पूजा गर्ने गरिन्छ । शुभ फल प्राप्त गर्नका लािग शुभ मुहूर्तमा पूजा गर्नुपर्ने हुन्छ । यस दिन केही विशेष चीज जस्तै, चाँदी, सुन, कुचो, भाँडा किन्ने परम्परा छ ।

धनतेरस पूजाको विधि

धनतेरसको पूजाका लागि प्रदोष काल सबैभन्दा उत्तम समय हो । यसै समयमा पनि सामानहरु खरिद गर्न सकिन्छ । प्रदोष कालमा घ्युको दियो जलाउने र कुबेरलाई सेतो मिठाई र धनवन्तरी भगवानलाई पहेँलो मिठाई चढाउनुपर्छ ।

त्यसपछि ‘ॐ ह्रीं कुबेराय नमः’ जप्ने र ‘धनवन्तरीस्तोत्र’ पाठ गर्ने । यसमा लक्ष्मी र गणेश भगवानको पूजा गर्ने गर्नुपर्छ । यसै दिन पञ्चोपचारको पूजा पनि गर्नुपर्छ । साथै, सामुन्ने माटोको दियो जलाउने र मिठाईको भोग लगाउने गर्नुपर्छ ।

धनतेरसमा के किन्ने ?

  • धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो ।
  • गणेश लक्ष्मीको मूर्ति ।
  • माटो वा फलामको दीयो ।
  • धन यन्त्र ।
  • आर्थिक लाभका लागि पानीका भाडा ।
  • कारोबारमा विस्तारका लागि धातुको दियो ।
  • सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली ।
  • स्वास्थ्य तथा आयुका लागि घण्टी ।
  • घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १४:०७